संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोट्र्स डेको अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोट्र्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी गुलशन झा सम्मानित भएका छन् । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप झालाई नगद रु. १ लाख १ हजार नगदसहित सम्मान प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ले सम्मानपत्र र नगद रकम हस्तान्तरण गर्दै गुलशन झाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासित, सक्षम र आत्मनिर्भर बनाउन यस्तो सम्मानले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष प्रज्जवल वली को पनि उपस्थिति रहेको थियो । वलीले खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने संस्कृतिको निरन्तरता प्रशंसनीय रहेको बताउँदै संस्कृति स्कुलको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । हरेक वर्ष खेलकुद पत्रकार मञ्च र संस्कृति स्कुलले संयुक्त छनौट गर्दै सहकार्य गरेको जानकारी आयोजकले दिनुभयो ।

संस्कृति स्कुलले यसअघि पनि विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यसअघि पहिलो संस्करणमा धाविका सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा क्रिकेट खेलाडी कुशल मल्ल र तेस्रो संस्करणमा पलेशा गोवर्धन लाई संस्कृति स्पोट्र्स सम्मान प्रदान गरिसकेको छ ।

साथै उक्त अवशरमा संस्कृति स्कुलका अध्यक्ष रन्जीत आचार्यले खेलकुद क्षेत्रमार्फत राष्ट्रको पहिचानलाई विश्वस्तरमा चिनाउने प्रतिभाहरूलाई निरन्तर हौसला प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुृभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







