Huawei ले नेपालमा आफ्नो नयाँ Huawei Watch GT 6 Series औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत Huawei Watch GT 6 र Huawei Watch GT 6 Pro मोडेलहरू समावेश छन्। टिकाउपन, डिस्प्ले स्पष्टता र लामो ब्याट्री प्रदर्शनमा केन्द्रित यस श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा महत्वपूर्ण सुधार र नयाँ मानकहरू स्थापित गरेको छ।
Huawei Watch GT 6 46mm र 41mm दुवै साइजमा उपलब्ध छ। यसमा 3,000 nits सम्मको ब्राइटनेससहितको AMOLED डिस्प्ले र परिष्कृत स्टेनलेस-स्टील डिजाइन छ। मोडेलअनुसार १४ देखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस लाइनअपको प्रमुख आकर्षण हो।
Huawei Watch GT 6 को मूल्य छानिएको भेरियण्टअनुसार रु. ३४,४९० देखि रु. ३९,४९० सम्म पर्छ। यस्तै प्रिमियम बिल्डसहितको Huawei Watch GT 6 Pro रु. ५४,४९० देखि रु. ७४,४९० को मूल्यमा उपलब्ध छ। Pro भेरियण्ट किन्दा रु. ५,४९० मूल्यको Huawei Buds SE2 उपहार रूपमा प्राप्त हुन्छ।
दुवै मोडेलमा १०० भन्दा बढी वर्कआउट मोडहरू, Multi-GNSS Positioning, र Android तथा iOSसँग अनुकूल Huawei Health App मार्फत सहज कनेक्टिभिटी जस्ता सुविधाहरू समावेश छन्। Huawei Watch GT 6 Series अधिकृत पुनर्विक्रेता Efix Nepal, Daraz, तथा देशभरका खुद्रा स्टोरमार्फत उपलब्ध छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली समृद्ध छः समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभावमा छः माधवप्रसाद चौलागाईं
- ओटीएम मुम्बई २०२६ : भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
- सिटिजन्स बैंकद्वारा "MAN–Citizens Aspiring Manager Award" पुरस्कार वितरण
- सानिमा रिलायन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
- कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज
- पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ
- प्रादेशिक ललितकला प्रदर्शनी सुरु
- नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक


ट्रेन्डिङ
खबरमुकाम





