पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ ।

यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै