नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लावान्धित भएका थिए ।
सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूूखीकरण दिईएको थियो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिनुभएको थियो ।
अभिमूूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिनुुभयो । आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उहाँको भनाई छ ।

स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनिहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताउनुभयो ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो । महिला उद्यमशिलता सम्वन्धी अभिमूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उहा“को भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





