सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ ।
सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ ।
हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँ रेस्टुरेन्टसँग साझेदारी गरी धेरै डेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।
वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोचका साथ हामीले फुडमाण्डुको सुरुआत गरेका थियौं । आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो । फुडमाण्डुले ग्राहकहरूको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय बढाउन पनि सहयोग पु¥याएको छ ।” उहाँका अनुसार यो उपलब्धि फुडमाण्डुका रेस्टुरेन्ट पार्टनर्स, समर्पित राइडरहरू र सन्तुष्ट ग्राहकहरूकै कारण सम्भव भएको हो ।
कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ ।
फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो्, “हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो । हामी पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौं ।”
१५औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ । यस अन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ ।
हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा दिइरहेको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ ।
य सुझावहरू समेटी प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी बीमा सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाउने जानकारी पनि गराइएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन



ट्रेन्डिङ
खबरमुकाम







