• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

बीटीटीएफ - २०२५ : नेपालले ढाकामा प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’

काठमाडौं । नेपालले बंगलादेशको ढाकामा सम्पन्‍न भएको तीनदिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीष गन्त्वयबारे विस्तृत प्रस्तुती दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक  गन्तव्य भएको जानकारि गराएका छन् ।

त्यसैगरी बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका छन्

टुअर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एम.डी. रफेउज्जामान र निर्देशक एम.डी. तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका छन् । कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुक बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्‍वास गरिएको छ । औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ्ग सत्रसमेत भएको थियो ।
 

साथै, कार्यक्रमकै क्रममा "राफल ड्रु आयोजना गरी  विशेष " होलिडे प्याकेजुहरू पनि घोषणा गरिएको
थियो । यस कार्यक्रममा १०० भन्दा बढी बंगलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए ।

बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपालल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) सहित नेपालका १० पर्यटन व्यवसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डको
नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधिहरू समावेश थिए ।

टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । यस अन्तर्राष्ट्रिय मञ्‍चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई “जीवनभरको अनुभवको गन्तव्य”का रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै