म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चारवटा पर्यटकीय स्थलहरुबाट चालु आर्थिक २०८२/०८३ मा एक करोड १५ लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी सङ्कलन गरेको छ । गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर पालिकाले चालु आर्थिक वर्षमा एक करोड १५ लाख २१ हजार ८० रुपियाँ आन्तरिक आम्दानी गरेको हो । उक्त रकम अग्रिम रुपमा पालिकाको खातामा जम्मा भइसकेको छ ।
गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आ।व।मा उक्त आम्दानी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।
होटल शिखर प्रा।लिसँग पर्यटकीय स्थल पुनहिल सञ्चालनका लागि ४५ लाख ९० रुपियाँ, होटल हट स्प्रिङसँग भुरुङ तातोपानी कुण्ड व्यवस्थापन तथा सञ्चालनका लागि ४५ लाख ९० रुपियाँ, द वल्ड कमला होटल सँग पाउद्धार तातोपानी कुण्ड सञ्चालन गर्न २२ लाख ५० हजार नौ सय रुपियाँ र रातोपानी तातोपानी कुण्ड सञ्चालनका लागि होटल उत्तम एण्ड रेष्टुरेण्टसँग दुई लाख ७० हजार रुपियाँमा आय ठेक्का सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी भवती खड्का कटुवालले जानकारी दिए ।
सम्झौता गर्ने पक्षले अग्रिम रुपमा रकम गाउँपालिकालाई बुझाएकाले आर्थिक कार्यविधि अनुसार दस प्रतिशत छुट दिएर उक्त रकम पालिकाको खातामा जम्मा गर्ने गरी आय ठेक्का सम्झौता गरिएको उनले बताए ।पर्यटकीय स्थलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानी समेत वृद्धि गर्न पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
साथै गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्से छहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा,हुमखोला र मौरिस हर्जोग पदमार्गका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरा तथा कफिसफबाट समेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गर्दै आएको छ ।
गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन तर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।
अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण आन्तरिक पर्यटन प्रवर्धनको काम गाउँपालिकाले गरेको छ । यसैगरी गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार बहालबटौली कर लिने गरेको छ ।
गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा र घोडेपानी, अन्नपूर्ण आधार शिविरलगायत मौरिस हर्जोग पदमार्गका विभिन्न स्थानमा खुलेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गरेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रवर्धनका कामहरु पनि गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







