• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

मुक्तिनाथमा बाख्लो हिमपात, तीर्थयात्री र पर्यटक समस्यामा

हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा विहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् । 

हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बिहानै कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको हो । 

मोटरसाइकलमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताए । वडा अध्यक्ष गुरुङले भने, ‘‘अहिले तीर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ, हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौं ।’’ 

हिमपातले मुक्तिनाथ मन्दिरलाई छपक्कै छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे भएको मन्दिरका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मन्दिरमा रहेको १०८ धारा, कुण्ड लगायतका क्षेत्र हिउँले छोपेको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई  तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनी क्षेत्रमा सचेत बनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि तत्काल नजान अनुरोधसहित सुरक्षाकर्मी परिचालन गरिएको बताए । 

कागबेनीदेखि मुक्तिनाथ मन्दिर जाने सडकखण्डका बस्तीमा समेत हिमपात भएकाले सवारीसाधन दुर्घटनाको जोखिमसमेत हुने प्रजिअ भुषालको भनाइ छ । मङ्गलबार बिहानैदेखि उपल्लो मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै