पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा फुर ग्याल्जे शेर्पा समूहले उम्मेदवारी घोषणा गरेको छ ।
शेर्पा समूहले आज पत्रकार सम्मेलन गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्ष काजी शेर्पा (स्पीडकाजी, द्धितीय उपाध्यक्ष बोधराज भण्डारी, महासचिव राजेन्द्रबहादुर लामा, सचिव चन्द्यन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पाले उम्मेदवारी दिएका छन् ।

यस्तै, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, देवेन्द्र डङ्गोल डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शेर्पाले नेपाल सरकारसँगको समन्वयमार्फतअन्तरराष्ट्रिय स्तरमा नेपालको छवी सुधार्न तथा आपतकालीन उद्दार लगायतका काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए । उनले विश्वमै कहीँ नभएको हिमाली सम्पदालाई विश्वमाझ चिनाउन सबैको ध्यानाकर्षण गराउने उल्लेख गरे ।
विज्ञप्ती



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो

ट्रेन्डिङ
खबरमुकाम







