काठमाडौं । ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको नाइमाको अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् ।
यो एक्स्पो नाइमाले आयोजना गरेको पहिलो अटो शो हो । पहिलो प्रयासमै नाइमाले १ लाख अवलोकनकर्तालाई स्वागत गरेको वैद्यको दाबी छ । एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड प्रदर्शनीमा राखिएको थियो ।
यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाएका थिए । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







