काठमाडौ । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू — T352X र T252X — पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको छ। इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन्। मोर्बिडेली T352X: उच्च प्रदर्शन र साहसिक क्षमता T352X एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू-भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।
MORBIDELLI T352X प्रमुख विशेषताहरू:
३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन: ४०.९ एचपी @ ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल ABS, स्लिपर क्लच, र ७-इन्च TFT डिस्प्ले - मोर्बिडेली कनेक्ट एपसँग एकीकृत)। छ । साथै उत्कृष्ट ह्यान्डलिङ: पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्कउपलब्ध छ । MORBIDELLI T352X शोरूम मूल्य: रू. ९,९७,०००/- रहेको छ भने NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा बुक गर्दा मूल्य: रू. ९,२३ ,००० /- मा पाउन सकिन्छ।
मोर्बिडेली T252X:
स्टाइल, सहजता र किफायती मूल्य T252X विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ।
यसका प्रमुख विशेषताहरू:
२४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन - ३३.५ एचपी @ १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६-स्पीड गियरबक्स, डुअल च्यानल ABS, स्लिपर क्लच रहेको छ । साथै १७ इन्च एलोय ह्वील, USD फ्रन्ट फोर्क, TFT डिस्प्लेउपलब्ध छ। नेपाली राइडरहरूका लागि प्रतिबद्धता मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने: “T352X र T252X मार्फत हामी नेपाली बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। यी मोटरसाइकलहरूले नेपालको सडक र अफ-रोड दुवैमा रोमाञ्चक यात्रा सुनिश्चित गर्नेछन्।”
घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।विशेष अफर र छुट NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा मोर्बिडेली र बेनेलिका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ। साथै बेनेलिका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ। मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट, र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।थप जानकारीका लागिअफर र मोटरसाइकलहरूको बारेमा विस्तृत जानकारीका लागि ९८०१२३९९३६ मा सम्पर्क गर्न सकिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम






