काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम शुक्रबार काठमाडौंको अनामनगरमा सम्पन्न भयो।
कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ‘ईश्वरका फूलहरू’ नेपाली कविताको गाम्भीर्यमा एउटा ताजा भाव र संवेदनाको स्पर्श भएको बताए। उनले भने, “सिटौलाको कविताले विचार र अनुभूतिलाई गहिरो ढंगले उधिनेको छ, जसले नेपाली कविता साहित्यलाई अझ समृद्ध बनाउनेछ।”
विशिष्ठ अतिथिका रूपमा उपस्थित प्राध्यापक डा.खगेन्द्र लुइँटेलले संग्रहमा प्रयोग भएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने बताए। अर्का विशिष्ठ अतिथि प्रा.डा. कृष्णहरि बरालले सिटौलाको कवितामा भाषा र भावको सशक्त संयोजन रहेको उल्लेख गर्दै भने, “सिटौलाका कविता अन्तरात्माको स्पर्श हुन्, जसले पाठकमा गहिरो प्रभाव छोड्छ।” कार्यक्रममा साहित्यकार र अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले संग्रहको समीक्षात्मक टिप्पणी गर्दै यस कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको उल्लेख गरे। साहित्यकार लीला लुइँटेल, सुमन वर्षालगायत अन्य लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रममा नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले सञ्चालन गरेकी थिइन्।
नुवाकोटमा जन्मिएका राजु सिटौला हाल अमेरिकामा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र अनेसासको अभियानमा क्रियाशील छन्। ईश्वर बल्लभको ‘आगोका फूलहरू’ जस्तै गहिरो शीर्षकबाट अब सिटौलाले ‘ईश्वरका फूलहरू’ मार्फत नेपाली कवितामा नयाँ स्वाद थपेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






