काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ ।
सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । जहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ । यि दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ । समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरफरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतीसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ...’ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ...’ त्यही सिद्धान्तमा आधारित रहेको छ । बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आईरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






