ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ तयार भएको छ ।
निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए ।
अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ अगाडिबाट सञ्चालनमा आउने छ ।
एक अर्ब पन्चानब्बे करोड रुपियाँ लागतमा तयार भएको रिसोर्टमा कुल ८३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । रिसोर्टमा श्रेष्ठसहित कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।
यस्तै रिसोर्टमा तीन वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, तीन सय क्षमतको इभेन्ट प्लेस, दुई वटा अत्याधुनिक रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर, उच्चस्तरको ब्युटी पार्लर, गिफ्ट सपलगायत सुविधा रहेको छ ।
सञ्चालक श्रेष्ठका अनुसार पाँचतारे सुविधा प्रदान गरिने गरी तयार पारिएको रिसोर्टले अहिले चारतारे स्तरको वर्गीकरण लिनेछ । रिसोर्टमा ५० भन्दा बढी चारपाङ्ग्रे सवारी साधनका लागि पार्किङको क्षमता छ ।
‘‘रिसोर्ट मुख्यगरी भारतीय र चिनिया पर्यटकलाई लक्षित गरी निर्माण गरिएको हो । यस्तै गोदावरी वरपरको क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक पर्यटकले पनि सुविधा लिन सक्ने छन्,’’ श्रेष्ठले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






