काठमाडौँ । नेपालमा पर्यटक आगमनको दरमा उत्साहजनक सुधार हुन नसकेको भए तापनि विदेशी चेनसहितका पाँचतारे होटल भने थपिँदै गएका छन् । सन् २०२५ को ११ महिनाको तथ्यांक केलाउँदा पर्यटक आगमन जम्मा ५ हजारले मात्र बढेको छ । गत वर्ष सन् २०२४ को ११ महिनामा नेपालमा १० लाख ५५ हजार पर्यटक आएका थिए । यस वर्षको पर्यटक आगमन पनि गत वर्षकै हाराहारीमा छ । जम्मा ५ हजार बढेर १० लाख ६० हजार मात्र पुगेको छ ।
तर, नेपालमा थपिएका पाँचतारे होटलको संख्या भने पर्यटक आगमनको तुलनामा अस्वाभाविक देखिन्छ । हाल पर्यटन विभागबाट अनुमति लिएका ३३ वटा पाँचतारे होटलमध्ये ५ वटा बन्द अवस्थामा छन् । बाँकी होटललाई पनि न्यूनतम ‘अकुपेन्सी’ पुर्याउन धौधौ परिरहेको होटल संघ नेपाल (हान) को भनाइ छ । केही होटलमा राम्रो अकुपेन्सी भए तापनि धेरैजसोमा भने न्यून रहेको देखिएको छ ।
हानका महासचिव साजन शाक्यका अनुसार ‘जेनजी’ आन्दोलनपछिको अन्योल र जटिलताका बीच पर्यटन क्षेत्र संशयमै चल्यो। आन्दोलनको राप र पर्यटकीय सिजनमै फैलिएको नकारात्मक सन्देशका कारण पर्यटन उद्योग थप जटिल हुने अनुमान गरिए पनि छोटो समयमै यसले गति लिन सकेको शाक्यको बुझाइ छ ।
अहिले पर्यटन उद्योगबारे भइरहेका नकारात्मक टिप्पणीलाई चिर्दै व्यवसायीहरू स्तरीय सेवा र सुविधा दिन जुटिरहेका छन् । पर्यटकीय सेवा र सुविधामा व्यवसायीले कुनै सम्झौता नगरेको र अझै गुणस्तरीय सेवा दिन प्रतिबद्ध हुनु नै अहिलेसम्म व्यवसाय टिक्नुको मुख्य आधार भएको शाक्य बताउँछन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जेनजी आन्दोलन, बाढीपहिरो र नेपालबारे फैलिएका नकारात्मक सन्देशलाई चिर्ने गरी गरिएको प्रचारप्रसार तथा दुईवटा विदेशी चेन होटलमा भएको आक्रमणको असरलाई कम गर्न सक्नु नै पर्यटक आगमन टिकाइराख्ने कडी बन्यो ।
विगतमा नेपालको पर्यटन उद्योग ठूला राजनीतिक परिवर्तन र घटनाहरूका बीच पनि सुरक्षित रहेको उदाहरण दिँदै सकारात्मक ऊर्जाका साथ प्रचार गरिएका कारण पर्यटक आगमनलाई गत वर्षको तुलनामा घट्न नदिई सकारात्मक वृद्धिदरमै राख्न सकिएको बोर्डका अधिकारी जोशीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय



ट्रेन्डिङ
खबरमुकाम






