काठमाडौं । सारथी लॉजिस्टिक्स प्रा।लि।ले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गर्यो। ती गन्तव्यहरूमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशूली शहरहरू समावेश छन् ।
यस विशेष अवसरमा, सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) श्री राजकुमार न्यौपानेले आफ्नो मन्तव्यमा भने । “हामी आज विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्दैछौं। यो हाम्रो लक्ष्यतर्फको अर्को ठूलो पाइला हो – जहाँ हाम्रा ग्राहकहरूलाई भरपर्दो, किफायती, र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन रहेको छ। हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहज रूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो। चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौं।”
उक्त समारोहमा स्थानीय विशिष्ट व्यक्ति, उद्योगीरव्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सारथी लॉजिस्टिक्सले पारदर्शिता, ग्राहक सन्तुष्टि, र राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ संकल्प लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






