काठमाडौं। सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा आइतबार तीज मनाइँदै छ । रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै आज तीज मनाइरहेका छन् ।दिनभरि निराहार व्रत बसेर यो पर्व मनाउने चलन रहेको छ । श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरिएको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका पूर्व भलमनसा सन्तराम रानाले बताए ।
अन्य समुदायका महिलाले आफ्नो श्रीमानका दीर्घायुका लागि तीज व्रत बस्ने गरे पनि रानाथारु समुदायका महिलाले आफ्ना दाजुभाइ र भतिजाको लामो आयु र सुस्वास्थ्यका लागि व्रत बस्ने गरेका जनाइएको छ । तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गई पूजा गर्ने चलन रहेको पूर्व प्रदेश सभा सदस्य मालामती रानाले बताए । उनका अनुसार सावनको डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर व्रतालु महिलाहरुले नदीमा लग्ने गर्दछन् । यस्तै, झुरकी (कुसको गाँठो) बनाएर पनि लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको रानाले बताए ।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ । यसैगरी, दाजुभाइहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको धनगढी गाउँका स्थानीय शिवराज रानाले बताए ।
तीजको केही दिन अगाडिदेखि नै गाउँ गाउँमा सावन डोलामा रमाउने चलन रहेको छ । तीज सकिएपछि पनि महिलाले सामूहिक रुपमा सावन डोलामा पिङ खेलेर रमाउने गरेको जनाइएको छ । रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकासहित कैलाली, कञचनपुरका पालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






