काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा विभिन्न धार्मिक अनुष्ठान गरी श्रद्धापूर्वक मनाइँदैछ ।
वैदिक परम्पराअनुसार आज सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले साउने सङ्क्रान्ति मनाइन्छ । यसै दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने अर्थात् दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई सनातन हिन्दु परम्परामा विशेष महत्वका साथ मनाइन्छ ।
साउने सङ्क्रान्तिसँगै कृषिमा संलग्न समुदायले असारभरि खेतबारीमा काम गर्दा लागेको हिलोमैलोका कारण हुन सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वाससहित ‘लुतो फाल्ने’ परम्परा पनि निर्वाह गर्ने चलन छ । संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो परम्परा लोकविश्वास र स्वास्थ्य सचेतनासँग जोडिएको सांस्कृतिक अभ्यास हो ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गर्ने र अगुल्टो फाल्ने चलन रहेको छ । केही स्थानमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने परम्परा पनि आजका दिन पालना गरिन्छ ।
साउन महिनालाई भगवान् शिवको आराधनाको विशेष महिना मानिन्छ । यस अवधिभर विशेषगरी सोमबारका दिन देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ । महिलाले हरियो चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर हरियाली, समृद्धि र सौभाग्यको प्रतीकस्वरूप साउने परम्परा मनाउने चलन पनि रहेको छ ।
साउने सङ्क्रान्तिका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मधेसमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहा अगाडि महोत्तरी सबैभन्दा पछाडि
- बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, यात्रा अघि सूचना लिन आग्रह
- राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास
- इरानमा अमेरिकी हवाई आक्रमण जारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो
- २४ जिल्लाका साना नदी–खोलामा बहाव बढ्ने, आकस्मिक बाढीको मध्यम जोखिम
- सरकारले अराजकता र कानुनी राज्यको उल्लंघन गरिरहेको छः अध्यक्ष ओली
- सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
- सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल साधारण तारेखमा रिहा

ट्रेन्डिङ
खबरमुकाम







