ताप्लेजुङको सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राईले व्यक्तिगत लगानीमा सिदिङ्वा धाममा राखेको सृङ्ग ऋषिको मूर्ति तोडफोड भएको छ
सिदिङवाधाम पर्यटन महोत्सवको अवसर पारेर धार्मिक विधिमार्फत गत जेठ १४ गते राखेको मूर्ति तोडफोड गररेर जंगलमा फालिएको अवस्थामा फेला परेपछि यस्ता गतिविधि गर्नेलाई खोजेर कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेका छन् ।
गाउँपालिका अध्यक्ष राईका अनुसार असार १७ गते जानेले मूर्ति राम्रो अवस्थामा देखेका थिए र पूजापाठ गरेर फर्किएका थिए । २२ गते आफू जाँदा तोडफोड भएको अवस्थामा देखिएको राई बताउँछन् ।
उनका अनुसार टाउको र दाहिने पाता फुटाएर १५ मिटर तल जंगलमा फालिएको अवस्थामा फेला परेको छ ।
प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले अभियुक्तलाई कुनै पनि हालतमा खोजी गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । ‘यस्ता क्रियाकलाप समाजका लागि घातक हुन् । प्रहरीले जसरी पनि त्यस्ता व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउँछ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





