इथियोपियाको उत्तर–पूर्वी क्षेत्रमा दशकौँ लामो उत्खननपछि फेला परेका जीवाश्म दाँतहरूले करिब २६ देखि २८ लाख वर्षअघि एउटै क्षेत्रमा दुई फरक प्रकारका होमिनिन ९मानवका पुर्खा० बसोबास गरेको प्रमाण देखाएका छन् । यीमध्ये एक प्रजाति अहिलेसम्म अज्ञात रहेको अनुमान गरिएको छ ।
सन् २०१८ देखि २०२० को बिचमा फेला परेका १० दाँत अस्ट्रेलोपिथेकस (Australopithecus) नामक प्रजातिसँग सम्बन्धित छन् भने २०१५ मा भेटिएका तीन दाँत होमो (Homo) वंशसँग मेल खाने बताइएको छ । होमो वंशमा आधुनिक मानव (होमो सेपियन्स) पर्छन् । अनुसन्धानको नतिजा हालै नेचर जर्नलमा प्रकाशित भएको हो ।
वैज्ञानिकहरूलाई अचम्ममा पारेको कुरा भनेको एउटै समयमा यी दुई प्रजातिको सहअस्तित्व हो । यसअघि वैज्ञानिकहरू होमो प्रजाति अस्ट्रेलोपिथेकस पछि मात्र देखा परेको ठान्थे । अस्ट्रेलोपिथेकस दुई खुट्टामा हिँड्न सक्थ्यो तर यसको मस्तिष्क आकारमा सानो थियो, भने होमो वंशका सदस्यहरूमा अपेक्षाकृत ठुलो मस्तिष्क पाइएको छ ।
यस खोजले मानव विकासको जटिलतामा नयाँ दृष्टिकोण थपेको छ । अनुसन्धानकी सह–लेखिका तथा एरिजोना स्टेट युनिभर्सिटीकी प्राध्यापक के रेन्डले भनेकी छिन्, ‘मानव विकासलाई धेरैजसोले एउटा बाँदरदेखि नियान्दरथल हुँदै आधुनिक मानवसम्मको सिधा रेखा भनेर बुझ्छन् । तर वास्तविकता त्यस्तो होइन । यो खोजले देखाउँछ कि मानव विकास एक किसिमको ‘झाडी जस्तो रूख’ हो, जहाँ धेरै जीवन रूपहरू देखापरे र कतिपय विलुप्त भए ।’
यसरी इथियोपियामा भेटिएका दाँतहरूले मानव विकासक्रम अझै जटिल र बहुआयामिक रहेको प्रमाणित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
सीएनएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





