काठमाडाै। पोखरामा अवस्थित हिमाल कलेज अफ म्यानेजमेन्ट ले व्यवहारिक शिक्षामा केन्द्रित नवीनतम शैक्षिक दृष्टिकोणसहित, विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल हुँदै गएको छ। कलेज अवलोकनका क्रममा उपस्थित अभिभावक किशोर देवकोटाले भने, "अब बल्ल शिक्षा क्षेत्रमै परिवर्तन ल्याउने सोच देखियो। व्यवहारिक दृष्टिकोणको यस्तो सोचले मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सकिन्छ।"
त्यस्तै, भ्रमणमा आएका छात्रछात्राहरूले पनि आफ्ना अनुभव साझा गर्दै भने, "यो कलेजमा प्रवेश पाउन पाउँदा हामी अत्यन्त खुशी छौं। यहाँ पार्टिकल वेमा पढाइ हुन्छ, पार्ट टाइम जागिरको पनि व्यवस्था गरिदिइन्छ, अनि पोखराकै दक्ष शिक्षकहरूमार्फत अध्यापन हुने कुराले हामी आशावादी भएका छौं।" साथै, उनीहरूले अन्य विद्यार्थी र अभिभावकहरूलाई एक पटक भ्रमण गरेर अनुभूति लिन आग्रहसमेत गरेका छन्।
शिक्षा क्षेत्रकै अनुभवी शिक्षाविद् क्षेमेती उमाकान्त उप्रेतीका अनुसार, "हिमाल कलेजले हाम्रो टोल र समाजको समेत गरिमा बढाएको छ। यहाँको शिक्षा शैली सामाजिक परिवर्तनको आधार बन्ने खालको छ।" यस वर्ष, विद्यार्थीहरूको सक्रिय सहभागितामा हिमाल बजार सञ्चालन गरिएको छ। सो बजारमार्फत विद्यार्थीहरूले विभिन्न व्यवसायिक वस्तुहरू – रेष्टुरेन्ट सेवा, कपडा, इलेक्ट्रोनिक्स सामग्री, आफैंले बनाएका खेलौना तथा गुडिया, अनि उत्पादन गरेका फलफूल समेत बिक्रीमा राखेका छन्। यसले विद्यार्थीहरूलाई आफ्नो शुल्क स्वंय व्यवस्थापन गर्न सक्ने अभ्यास पनि गराएको छ। हिमाल कलेजको यस्तो प्रयोगात्मक शिक्षा प्रणालीले विद्यार्थीहरूमा आत्मनिर्भरता, उद्यमशीलता र सामाजिक उत्तरदायित्वको भावना बढाएको स्पष्ट देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






