काठमाडाै । सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् । जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार ४४९, बेलायतबाट २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३८४, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ पर्यटक नेपाल भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सन् २०२४ को जुन महिनामा ७६ हजार ३३३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटकले नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए । र कोरोना महामारीको सुरु हुनुभन्दा अघि सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ७३ हजार ६५८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारन्मुख भएको बताएका छन् । उनले भने, "अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौं । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्वास छ ।" सीईओ जोशीले विश्वकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका हाम्रा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न बोर्ड रणनीतिक ढंगले अघि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






