काठमाडाै । सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् । जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार ४४९, बेलायतबाट २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३८४, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ पर्यटक नेपाल भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
सन् २०२४ को जुन महिनामा ७६ हजार ३३३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटकले नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए । र कोरोना महामारीको सुरु हुनुभन्दा अघि सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ७३ हजार ६५८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारन्मुख भएको बताएका छन् । उनले भने, "अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौं । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्वास छ ।" सीईओ जोशीले विश्वकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका हाम्रा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न बोर्ड रणनीतिक ढंगले अघि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





