काठमाडाै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तीन हजार ६०० मिटर उचाईमा रहेको खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको हो ।
खोप्रा र खयरलेकको भ्रमणमा जाने पर्यटकहरुको सुविधाका लागि २० लाख रुपियाँ बजेटबाट आश्रय स्थल, पदमार्ग र खानेपानी व्यवस्थापनलगायतका संरचनाहरु निर्माण सुरु गरिएको पर्यटन तथा उद्योग कार्यालयका इन्जिनियर सुमन बोगटीले जानकारी दिए । असार मसान्त भित्र योजना सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत काम भइरहेको उनले बताए।
पाउद्वार गाउँदेखि ६ घण्टाको पैदल यात्रापछि पुग्न सकिने खोप्रालेकमा पूर्वाधार निर्माण गर्न मजदुरहरु योजना स्थलमा बास बसेर काम गरेको उपभोक्ता समितिका अध्यक्ष हरी पाइजाले बताए । उहाँले भन्नुभयो, ‘‘गाउँदेखि टाढा भएकाले खोप्रालेकमै बास बसेर दैनिक रुपमा काम गरेका छौं । असार मसान्त भित्र योजना सम्पन्न गर्ने दैनिक रुपमा आठदेखि दस घण्टा सम्म मजदुरले काम गर्नुभएको छ ।’’
खोप्रालेकमा पछिल्ला केही वर्ष यता पर्यटक आगमनमा वृद्धि हुनथालेपछि सामुहिक रुपमा सञ्चालन गरिएको होटलको क्षमता विस्तार गरिएको छ । पाउद्वारका स्थानीयवासीहरुले पाउद्वार पर्यटन सहकारी संस्था स्थापना गरी खोप्रामा पर्यटकहरुका लागि सुविधासम्पन्न सामुदायिक लज सञ्चालन गरेका छन् । अन्नपूर्ण सामुदायिक पदमार्गमा पर्ने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको निकै चाप हुनथालेको छ । यहाँ आएका पर्यटक चार हजार ६ सय मिटर उचाईमा रहेको खयरलेक सम्मको भ्रमणमा पुग्ने गर्दछन् ।
खोप्रालेकबाट अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग भएकाले यहँको पदयात्रामा आउने पर्यटकले अविस्मरणीय सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गर्न पाउँछन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र चितुवा, कस्तुरी मृग, चिरु, तिब्बतीय गधा, तिब्बतीयन खरायो, नाउर जस्ता विभिन्न जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ । साथै विभिन्न जनजातिको मौलिक कलासंस्कृति,भेषभूषा र रहनसहनका हिसावले पनि यो क्षेत्र उत्कृष्ट छ ।
खोप्रालेकमा पूर्वाधार निर्माण र प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्रै पर्यटकहरु भित्र्याउने गाउँपालिकाको लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






