काठमाडौं । नेपाल पर्यटन बोर्डको नियमित फोटो (नेपालु प्रदर्शनी कार्यक्रम अन्तर्गत कुन्डलिनी–२ू शीर्षकमा आयोजित एकल चित्रकला प्रदर्शनी तथा कुन्डलिनी योगू पुस्तकको लोकार्पण कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित बोर्डको परिसरमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले गरेका हुन् । चित्रकार भीमप्रसाद शर्माको यो १३औं एकल चित्रकला प्रदर्शनी हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्ता सिर्जनात्मक प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै, पर्यटन बोर्डको यो प्रकारको प्रयासको प्रशंसा गरेका छन् ।
त्यसैगरी पर्यटन बोर्डका सीईओ प्रमुख जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी देशको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । प्रदर्शनी जेठ १० गतेसम्म निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहनेछ । त्यस्तै, नेपाल पर्यटन बोर्डले सञ्चालन गर्दै आएको फोटोनेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगिता समेत जारी छ । यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्बिरहरूलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ । नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्बिरहरू पठाउन बोर्डले देश (विदेशका फोटोग्राफरहरूलाई आह्वान गरेको छ । बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको फोटो (नेपाल अभियानअन्तर्गत हालसम्म १०० भन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






