काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय विद्युत नियमन आयोग र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच सहकार्यका विषयमा छलफल भएको छ । आयोगको सानो गौरचनस्थित कार्यालय बुधबार भएको इमान कार्यसमितिसँगको भेटवार्तामा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको हो ।
भेटमा आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ऊर्जा क्षेत्रका समस्या र चुनौती विषयमा जानकारी गराउँदै त्यसको निराकरणका उपायका लागि आयोगले गरिरहेका प्रयासबारे प्रस्ट पारेका छन् । उनले मोनोप्सोनी मार्केटका कारण नेपालको ऊर्जा क्षेत्र थप फस्टाउन नसकेकाले निजी क्षेत्रलाई पनि प्रसारणमा पहुँच दिने पहल भइरहेको बताए ।
‘प्रसारणमा निजी क्षेत्रलाई पहुँच दिनुपर्छ,’ उनले भने, ‘पहिल्यै गर्नुपर्ने यो काम अहिले हामी गरिरहेका छौँ । अब हामी प्रसारणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने गरी प्रणाली विकास गरिरहेका छौँ । प्रसारणमा पहुँच स्थापित भएपछि निजी क्षेत्रमा पनि एकखालको विश्वास बढेर जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





