काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय विद्युत नियमन आयोग र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच सहकार्यका विषयमा छलफल भएको छ । आयोगको सानो गौरचनस्थित कार्यालय बुधबार भएको इमान कार्यसमितिसँगको भेटवार्तामा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको हो ।
भेटमा आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ऊर्जा क्षेत्रका समस्या र चुनौती विषयमा जानकारी गराउँदै त्यसको निराकरणका उपायका लागि आयोगले गरिरहेका प्रयासबारे प्रस्ट पारेका छन् । उनले मोनोप्सोनी मार्केटका कारण नेपालको ऊर्जा क्षेत्र थप फस्टाउन नसकेकाले निजी क्षेत्रलाई पनि प्रसारणमा पहुँच दिने पहल भइरहेको बताए ।
‘प्रसारणमा निजी क्षेत्रलाई पहुँच दिनुपर्छ,’ उनले भने, ‘पहिल्यै गर्नुपर्ने यो काम अहिले हामी गरिरहेका छौँ । अब हामी प्रसारणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने गरी प्रणाली विकास गरिरहेका छौँ । प्रसारणमा पहुँच स्थापित भएपछि निजी क्षेत्रमा पनि एकखालको विश्वास बढेर जान्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम







