काठमाडौं । नेपाल । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई सार्वजनिक गरेको छ । जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको प्रतिवेदनमा सार्वजनिक गरेको हो । जसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १,९६१,६९८ वटा भिडियो हटाइएको छ । यो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ० दशमलव ४ प्रतिशत भिडियो हटाइएको हो । जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९ दशमलव २ प्रतिशत रहेको थियो । जसमध्ये ८६ दशमलव ५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो। यसै अवधिमा नेपालमा ६१,९९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको थियो ।
विश्वव्यापी रूपमा हेर्दा, यस अवधिमा टिकटकले १८४ मिलियन (१८४,०१२,५७६) वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ० दशमलव ५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १७८,०१४,१५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८,८३८,७१० वटा भिडियो पुनःस्थापित गरिएको थियो ।
यस अवधिमा कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९ दशमलव ३ प्रतिशत पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४ दशमलव ४ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो । टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८६,२८८,७०५ वटा फेक एकाउन्ट हटाइएका छन् । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २५,७६४,३७२ वटा एकाउन्ट पनि हटाइएको छ ।
प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको देखाएको छ । अहिले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइँदै आएको छ । प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ । भिडियो हटाउने दर ० दशमलव ५ प्रतिशतमा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ० दशमलव २ प्रतिशतमा पुगेको छ । यसैबीच, टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको छ । लाइभ प्रसारण सस्पेन्सन दर बढेर २ दशमलव ७ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।
यसले प्रत्यक्ष प्रसारणका क्रममा पनि सुरक्षित वातावरण कायम राख्न टिकटकले गरेको निरन्तर लगानीलाई प्रतिबिम्बित गर्छ । यस अवधिमा टिकटकले ५८,२०७,३८९ वटा लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ । साथै २१,९६६,६६७ जना लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो । थप समीक्षापछि ४,१७१,६७७ वटा लाइभ सेसन पुनःस्थापित गरिएको थियो । कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको टिकटकले कन्टेन्ट तथा एकाउन्ट माथि गरिएका कारबाहीको परिमाण र प्रकृतिबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको छ ।
सन् २०२६ को पहिलो त्रैमासिक प्रतिवेदन तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटक ट्रान्सपेरेन्सी सेन्टर हेर्न सकिन्छ ।
टिकटकको बारेमाः
टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो । यसको उद्देश्य सिर्जनशीलतालाईप्रेरित गर्नु र खुसी फैलाउनु हो । टिकटकका विश्वव्यापी मुख्यालय लस एन्जलस र सिङ्गापुरमा रहेका छन् । साथै न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायतका सहरमा यसको कार्यालयहरू सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सम्पत्ति छानबिन आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
- लुम्बिनी विकास बैंकले विभिन्न कार्यक्रमका साथ मनायो १९ औं बार्षिकोत्सव
- ठमेलमा महानगरको नीति विपरीत चुनावी ब्यानरको भद्रगोल
- कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्चाल चलाउन रोक
- इरान–अमेरिका तनाव चर्कियो, दुई दिनमा १४ नागरिक मारिएको इरानको दाबी
- मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
- आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
- टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

ट्रेन्डिङ
खबरमुकाम






