काठमाडौं । नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक शुभारम्भ भएको छ । नेपालकै आफ्नै डिजिटल विज्ञापन प्लेटफर्ममार्फत विज्ञापनदाता, एजेन्सी र प्रकाशकलाई एउटै प्रणालीमा जोड्ने लक्ष्यका एड्सारो नेपालको संस्थपना गरिएको हो ।
यसको उदेश्य नेपालको डिजिटल विज्ञापन बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने रहेको छ। नेपाल विज्ञापन संघको (आन)ले शुक्रबार आयोजना गरेको “Evolving Media Landscape and Ever-Transitioning Advertising Business” को छलफल कार्यक्रको अवसरमा एड्सारो नेपालका अध्यक्ष सुजन अधिकारीद्वारा उक्त प्लेटफर्म सार्वजनिक गरेका हुन् ।
प्लेटफर्म सार्वजनिक गर्दै अध्यक्ष अधिकारीले नेपाललाई नेपालकै आफ्नै डिजिटल विज्ञापन प्लेटफर्मका रूपमा एड्सारो विकास गरिएको बताए । यसले विज्ञापनदाता, एजेन्सी र प्रकाशकहरूलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्य राखेको छ ।
अध्यक्ष अधिकारीले नेपालको विज्ञापन तथा मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन हुँदै गएको बताउदै अबको विज्ञापन व्यवसाय केवल परम्परागत माध्यममा सीमित नभई डेटा, प्रविधि, पारदर्शिता र मापनयोग्य परिणामतर्फ अघि बढिरहेको उल्लेख गरे । त्यसकै आवश्यकता पूर्ति गर्न यो प्लेटफर्म विकास गरेको उनको भनाई छ ।
“एड्सारो नेपाल विज्ञापनदाता र प्रकाशकबीचको बलियो पुलका रूपमा अघि बढ्नेछ । हाम्रो उद्देश्य विज्ञापनदातालाई सही डिजिटल दर्शकसम्म पु¥याउने र प्रकाशकहरूलाई आफ्नो डिजिटल ट्राफिकबाट पारदर्शी तथा व्यवस्थित रूपमा आम्दानी गर्न सहयोग गर्ने हो,” अध्यक्ष अधिकारीले भने “एड्सारो नेपालले, नेपालको डिजिटल विज्ञापन बजारमा क्लियरिङ हाउस को भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । ”
यसमार्फत विज्ञापनदाता, एजेन्सी र प्रकाशकबीचको विज्ञापन कारोबार, अभियान व्यवस्थापन, विज्ञापन प्रदर्शन, रिपोर्टिङ र परिणाम मापनलाई एउटै विश्वसनीय प्रविधिमैत्री प्लेटफर्मबाट व्यवस्थित गरिने उनले बताए । उनका अनुसार प्लेटफर्मले भिडियो विज्ञापन, ब्यानर विज्ञापन, नेटिभ विज्ञापन र पप विज्ञापन लगायतका विभिन्न डिजिटल विज्ञापन सेवा उपलब्ध गराउनेछ । यसले ब्रान्ड तथा व्यवसायहरूलाई आफ्नो उत्पादन, सेवा र सन्देशलाई डिजिटल माध्यमबाट लक्षित दर्शकमाझ प्रभावकारी रूपमा पु¥याउन सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए ।
उनका अनुसार नेपालमा डिजिटल मिडिया प्रयोग, अनलाइन समाचार प्लेटफर्म, सामाजिक सञ्जाल र डिजिटल उपभोक्ता व्यवहार तीव्र रूपमा बढिरहेको अवस्थामा एड्सारो नेपालले स्थानीय बजारको आवश्यकता अनुसार विकास गरिएको समाधान प्रस्तुत गरेको छ । यस प्लेटफर्मले पारदर्शिता, वास्तविक रिपोर्टिङ, मापनयोग्य परिणाम, अभियान व्यवस्थापन र डिजिटल विज्ञापनको व्यावसायिक प्रणालीलाई प्राथमिकतामा राखेको छ ।
एड्सारो नेपाललाई केवल विज्ञापन चलाउने प्लेटफर्म मात्र नभई, नेपालको बदलिँदो विज्ञापन व्यवसायलाई नयाँ दिशातर्फ लैजाने डिजिटल पूर्वाधारका रूपमा अघि सारिएको छ । नेपालमै बनेको, नेपाली बजारका लागि डिजाइन गरिएको र नेपाली उद्यमीहरूको पहलमा अघि बढाइएको एड्सारो नेपालले आगामी दिनमा नेपालको डिजिटल विज्ञापन उद्योगलाई थप व्यावसायिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने विश्वास लिएको छ ।
एड्सारो नेपाल डिजिटल विज्ञापन प्लेटफर्म हो, जसले विज्ञापनदाता, एजेन्सी र प्रकाशकहरूलाई एउटै प्रविधिमैत्री प्रणालीमार्फत जोड्ने काम गर्दछ । प्लेटफर्मले भिडियो, ब्यानर, नेटिभ र पप विज्ञापन सेवा उपलब्ध गराउँदै डिजिटल विज्ञापन बजारमा पारदर्शिता, प्रभावकारिता र मापनयोग्य परिणामलाई प्राथमिकता दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने
- डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक
- नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
- बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते

ट्रेन्डिङ
खबरमुकाम



.jpeg)



