काठमाडौँ । वर्षको दुई पटक मनाङमा विदेशी पर्यटकको आगमनभन्दा बढी हुने गरेको छ । शरद् ऋतु र वसन्त ऋतु पर्यटकका लागि उत्तम मानिन्छ । वर्ष २०८१ मा ३३ हजार ६५२ पर्यटकले मनाङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कले देखाउँछ ।
यस वर्ष पनि सबैभन्दा बढी एक नम्बरमा तीन हजार तीन सय ८८ फ्रान्सेली पर्यटक मनाङ भ्रमणमा गएका छन् । दोस्रो नम्बरमा इजरायलका पर्यटक पर्दछन् जसको सङ्ख्या तीन हजार तीन सय ७३ रहेको छ । तेस्रो नम्बरमा जर्मनीका दुई हजार ६२९ पर्यटक मनाङ भित्रदा चौथोमा छिमेकी मुलुक भारत परेको छ, जसको सङ्ख्या दुई हजार दुई सय १२ रहेको छ । पाँचौँ नम्बरमा बेलायती पर्यटक छन् जसको सङ्ख्या दुई हजार १० छ ।
यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको र बर्सेनी विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने ‘‘सडक सञ्जालको सहजता र प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको ध्यान चक्रीय अन्नपूर्ण पदमार्ग क्षेत्रमा परेको छ ।’’ आन्तरिक पर्यटकको सङ्ख्या बढे पनि तथ्याङ्क भने नराखिएको उनले बताए ।
एक वर्षको अवधिमा २० हजार एक सय ६१ पुरुष र १३ हजार चार सय ८७ महिला विदेशी पर्यटकले मनाङको विभिन्न क्षेत्रको भ्रमण गरेका छन् । प्रमुख भुजेलका अनुसार गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । छैटौं नम्बरमा अमेरिका, सातौंमा अस्ट्रेलिया, आठौंमा चीन, नवौंमा नेदरल्यान्ड र दशौंमा रसियाका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए ।
सबैभन्दा बढी कात्तिकमा नौ हजार दुई सय ७९ र सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको प्रमुख भुजेलले जानकारी दिनुभयो । मनाङ भ्रमणका लागि मौसम अनुकुल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ ।
‘‘हिजोआज नेपालीहरूमा पनि भ्रमण संस्कृतिको विकास भएको छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवर्धन भइरहेको छ’’, कार्यालय प्रमुख भुजेलले भने, ‘‘विदेशी पर्यटक यहाँको मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यमा रमाउन आउने गरेका छन् ।’’ हालै मात्र सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन भएको तथा सडक स्तरोन्नति भएकाले अझै पर्यटकको सङ्ख्या बढ्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






