काठमाडौँ । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ ।
पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिब गुरुप्रसाद दाहालले बताए । प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन लागेको हो ।
पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ । ‘रमणीय कोशी’ भन्ने नारासाथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूचि यसअघि नै तयार गरेको छ ।
नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






