काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७०% सम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, रु. १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७०% सम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५% (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सकिने छ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १०% (रु. ५०० सम्म) छुट प्राप्त गर्न सकिने छ ।
यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने छन् । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९,९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाइनेछ । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले रु. १०,३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्नुहुने कम्पनीले जानकारी दिएको छ ।
४.४ नव बर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछन् भने, एकजना ग्राहकले रु. १२,००० बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नु हुनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १०,००० बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, रु. १,००,००० भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १०,००० सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नुहुेनेछ । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।
दराज समूहबारे जानकारी
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ५० करोड भन्दा बढी मानिसको बजार लक्षित गर्दै, दराजले अत्याधुनिक मार्केटप्लेस प्रविधि प्रदान गर्दै आइरहेको छ । ई–कमर्स, लजिस्टिक्स, भुक्तानी सेवा, तथा वित्तिय सेवा एकीकृत गर्दै, दराजले ग्राहकहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दै, दक्षिण एसियाली समुदायलाई व्यापारमार्फत सशक्त बनाउने लक्ष्य बोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






