काठमाडौँ । पश्चिम नेपालका थारू बाहुल्य जिल्लाहरू बाँके र बर्दियालगायतका अधिकांश थारू गाउँबस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ । दुवै जिल्लाका अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्ने, ढिकरी बनाउने, दुनाटपरी र जाँड तयार पार्ने काम भइरहेको थारू अगुवाले जनाएका छन् । बाँके मैटहवाका थारू अगुवा राजेन्द्र चौधरीले भने, “माघीको तयारीस्वरूप माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम चलिरहेको र राति नाचगान पनि सुरु भइसकेको छ । ”
बाँके नौबस्ताका अर्का थारू अगुवा शङ्करसिंह थारूका अनुसार जिल्लाका अधिकांश थारू गाउँमा अहिले माघीकै लागि सुँगुर घर घरमा बाँधेका देखिन्छन् भने महिलाहरू दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।
महिलाले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको उनले बताए । नौबस्तामा दुनाटपरी बनाउँदै गरेकी पार्वती थारूले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताए । सोही गाउँकी निशा चौधरीले माघीका लागि अचार बनाउन व्यस्त रहेको बताइन् । उनले भनिन्, “एक महिनादेखि पात र दाउराको जोहो गरेकी थिएँ ।”
मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेकी निशाले माघीका लागि विशेष परिकारका रूपमा लिइने ढिकरी भने माघी आउन दुईरचार दिन बाँकी रहँदा मात्र बनाउने बताइन्। अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् ।
थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







