काठमाडौँ । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी(झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।
बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ (नयाँ धामी) झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् ।

भगतियाहरू (ठेट मैथिली भाकामा भगैत गीत गाउने) को बीचमा भूतप्रेत र देवी देवता खेल्ने गरेको देखिन्छ । दैवी शक्ति शरीरमा प्रवेश गरेका भक्ताहरु (महिला र पुरुष दुवै) हातमा आगोले भरिएको माटोको ढकना लिएर हैं‘हैं‘ (ठुलो स्वरले सिंहनाद गर्दै) कमलामा स्नान गरिरहेका छन् ।
कोही दैवी शक्ति त कोही भूतप्रेत भन्दै नदीमा कामी रहेका छन् । यसरी काम्ने र दैवी कौतुक प्रदर्शन गर्नेहरूलाई जताततै देख्न सकिन्छ । उनीहरूले रौद्रता देखाउँछन् । ताण्डव गर्छन् । यो दिनको कमला जमघटलाई ‘भूत मेला’ भनिन्छ ।

औरहीका धामी मागैन मोचाी भन्छन्– मुख्यतः यो धामीहरूको सतवैद्य समारोह हो । प्रेत आत्माहरूलाई ठेगान लगाउने दिन हो । सतवैद्य अर्थात शपथ ग्रहण । मन्त्र गुण सिकेर वा दैवी शक्ति शरीरमा प्रवेश गरेर काम्न थालेका नयाँ धामीहरूलाई कार्तिक शुक्ल पूर्णिमा अर्थात् आजको दिन कमला नदीलाई ‘गंगा’ मानेर स्नान गराइन्छ ।

उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




