काठमाडौ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्री उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरे ।
पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत हो । कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।
यसै बीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् । सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यव्रmममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागी महानुभावहरुले गर्व र सन्तोषको महसुस गर्नु भएको थियो ।
विश्व व्यापी रुपमा तापक्रम बढ्ने क्रम जारी छ र वातावरणमा नकारात्मक असर परिराखेको वर्तमान अवस्थामा वातावरण मैत्री प्रविधिलाई लागू गर्नु पर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै यस्ता प्रविधि र सामग्रीलाई प्राथमिकता दिनु पर्नेमा सबैको सहमती भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






