वित्तीय समावेशीकरण र सुलभता तर्फको पहल अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले NIMB Smart मोबाइल बैंकिङ्ग एपमा NIMB Smartloan को सुविधा सुरु गरेको छ। यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले रु. ५,००,०००/– सम्मको कर्जा NIMB Smart app मार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिना भित्र वा बढिमा ३६ महिना सम्मकोे सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूको लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको छ।
ग्राहकहरूले आफ्नो NIMB Smart app मार्फत email verification गरी सजिलै NIMB Smartloan मा Register गर्न सक्नेछन् ।NIMB Smartloan को लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्डहरु पुरा गर्नु पर्दछ जस्तै तलब खाता, नियमित कारोवार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि । योग्य ग्राहकहरूले आफ्नो NIMB Smart मोबाइल बैंकिङ्ग एपको होमपेज बाट NIMB Smartloan apply गरि कर्जाका सबै सुविधाहरु र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्म मार्फत बैंकिङ्ग क्षेत्रकै उच्चतम कर्जा रकमको साथ नयाँ स्वरुपमा NIMB Smartloan अपग्रेड गरिएको सम्बन्धमा बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख श्री बिश्व सिंहले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विस्थापित सुकुम्बासीले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने सरकारको निर्णय
- सुनुवाइ समितिबाट सर्वसम्मत प्रधानन्यायाधीश बने डा. शर्मा
- आर्थिक स्थिति डामाडोल, देशको कुरा उठाउन छोडेर सांसदद्धारा स्वकीय सचिवमा जोड !
- राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
- सासा ट्राभल्सले पूरा गर्यो पहिलो वर्ष
- सरकार आफैं सरकारी सम्पत्ति कब्जा गराउँदै, पहिले कौडीको भाउमा भाडामा दिने, अहिले अतिक्रमण हुँदा चुपचाप !
- संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको विषयमा समितिमा छलफल हुँदै


ट्रेन्डिङ
खबरमुकाम







