हुम्ला - हुम्ला जिल्लाका धेरै स्थानमा मनाइने साउने पूर्णिमाको मेला सुरु भएको छ । दुई दिनसम्म धामी नाचेर यो पर्व मनाइन्छ ।
सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाका अनुसार धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्ने गरेको भए पनि चतुर्दशीबाट धामी नाचेर यो पर्व सुरु हुने गर्छ । सिमकोट गाउँपालिका–६ को माथिल्लो गाउँको कालाशिल्ताको माडु (मन्दिर) मा धामीले धुमधाम नाचेर पर्व मनाइन्छ । यसअघि मुग्राधारामा कालाशिल्ताका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेबित्तिकै दुध छर्कने गरिन्छ ।
कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायतका धामी पालैपालो नाचेर मनाइने यो पर्व हेर्न स्थानीयको पनि उपस्थिति हुने गर्दछ । पर्वको दोस्रो दिन बाँडपालको माडुमा पनि धामी नाच्ने गरिन्छ । सिमकोटबाहेक यो पूर्णिमा डाँडाफया, ठेहेलगायतका गाउँमा पनि मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






