काठमाडौँ - । ज्योति विकास बैंकले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडियन्ट इन्फोटेक नेपाल प्रा.लि बाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसंग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ ।
डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनसँगै समग्र बैंकिङ सूचना प्रणालीको सुरक्षा, सरलता, र सुदृढता थप बढाउन (हाइपरकन्भरेज इन्फ्रास्टक्चर) मा आधारित अत्याधुनिक सर्वर प्रणालीलाई लागू गरेको छ। हालै, बैंकले डिजिटल बैंकिङ अनुभवलाई अझ प्रभावकारी बनाउनको लागि नयाँ, परिष्कृत, र प्रयोगकर्तामैत्री आधिकारिक वेबसाइट पनि सुचारु गरेको छ ।
बैंकले भिडियो बैंकिङ मार्फत अनलाइनबाट खाता खोल्ने व्यवस्थाका साथै डिजिटल बैंकिङलाई थप सरल र विश्वसनीय बनाउने उद्देश्यले विकास बैंकहरूमा पहिलो पटक क्यूआर कोड मार्फत भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त गर्न सकिने क्यूआर अडियो बक्स प्रविधि, डेबिट कार्ड बिना नै मोबाइल बैंकिङ एप मार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथडवल सेवा, एपबाटै मुद्दती खाता खोल्न सकिने सुविधा, विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री र सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड सेवा, र चेकबुक बिना नै मोबाइल बैंकिङ एप मार्फत क्यूआर कोड स्क्यान गरेर रकम झिक्न सकिने स्क्यान एण्ड विथड सेवा लागू गरेको छ। साथै, बैंकले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरिरहेको निस्शुल्क क्यूआर कोड सेवाले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्दै, डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्दै देशभर डिजिटल भुक्तानी सेवाको विस्तारमा योगदान पुर्याइरहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्य गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






