काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवम निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो ।
व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवम लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मानगरेका थिए ।
अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन । लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।
मल्लले भने ‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्स जस्ता संस्थाको संगठन वृहत छ, यसलाई जलवायु परिवर्तन विरुद्धको गतिविधीमा संलग्न गराउन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






