रोजगारदाताहरूलाई क्षमतावान कर्मचारी खोज्नुपर्ने झन्झट हटाउँदै मेरोजव नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरोजव’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ( ए टि एस ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ।
मेरोजवका अनुसार रोजगारदाता कम्पनीहरुले मेरोजवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्य बाट एआईले कम्पनीहरुले खोजेको जस्तै सर्वोत्कृष्ठ आवेदकलाई सिफारिश गर्नेछ। मेरोजव एआईले रोजगारदाताहरुले एक एक गर्दै सबै आवेदकहरुको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको हो।
यस अघि रोजगारदाता कम्पनीहरुले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक एक गर्दै हेर्नुपर्ने झन्झट थियो। अब एआईले आवेदन मध्यबाट कम्पनीले खोजेको जस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ।
विश्वबाजारनै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्षजनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले बताए। उनले भने,‘एउटा जव भ्याकेन्सीमा हजारौं व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरुको लागि सबैको प्रोफाइल स्क्रीन गर्न एकदमै झन्झटिलो हुन्छ। हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरु मध्यबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्ध रूपमा छनोट गर्न सुझाव दिन्छ।’
रोजवले १ वर्षको अवधि लगाएर एआई सिस्टम ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ तयार पारेको हो। कम्पनीले विगत डेढ दशकदेखि रोजगारी खोज्न प्रक्रिया सरलीकृत गर्दै आइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
खबरमुकाम





