नमोबुद्ध एक चर्चित पर्यटकीय गन्तव्य हो । भगवान गौतम बुद्धको पहिलो जन्मस्थलको रुपमा समेत चिनिने नमोबुद्ध काभ्रेको नमोबुद्ध नगरपालिकामा पर्दछ । यहाँ विभिन्न गुम्बाहरु रहेका छन् । प्रकृतिको अनुपम उपहार पनि हो नमोबुद्ध । जहाँबाट प्रकृतिका सबै रंगहरु अवलोकन गर्न सकिन्छ । यहाँबाट सर्वाेच्च शिखर सगरमाथासहित दन्ते लहर जस्तै सेताम्मे हिमश्रृङ्खलादेखि हरिया डाँडा, पहाडदेखि सुन्दर उपत्यका एकैठाउँमा उभिएर अवलोकन गर्न पाइन्छ । नमोबुद्धको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका साथै प्राकृतिक सुन्दरताका कारण बर्षेणी लाखौँ पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । स्वदेशी मात्रै नभएर विदेशी पर्यटकरु समेत नमोबद्धमा पुग्ने गरेका छन् । यहाँ नमोबुद्धको किम्वदन्तीको बारेमा उल्लेख गरिएको छ ।
किम्बदन्ती
आज भन्दा करिब ६ हजार बर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए । जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितको बघिनी भोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ । साथै उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको साथै तिनै राजकुमारको नामबाट यस नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ ।
किम्बदन्ती…
जिल्लाको शारदा बतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व, बोधिसत्व शिकार खेल्ने क्रममा नमोबुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रसव बेदनाले छटपटाएकी बघिनी र ५ डमरूको मरणासन्न अवस्था देखेपछि राजकुमार बोधिसत्वको मनमा दया भाव पलाई दाजुहरूसँग बधिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउन आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन छ । आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोबुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा गुम्बा निर्माण गरिदिएका थिए । आफ्नो शरीर बघिनीका लागि दान गरेको २५ सयवर्ष पछाडि लुम्बिनीमा तीनै राजकुमार बोधिसत्वले मायादेवीको कोखबाट भगवान गौतमबुद्धका रूपमा जन्म लिएको र आफू जन्मेपछि बुद्धले नमोबुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पूजाआजाका साथै साङगे लगाएको धार्मिक विश्वास छ। नमोबुद्धमा कुतुङटासी छाडिरू गुम्बाका साथै हजारौं माने र कलात्मक बुद्धका मूर्ति छन् ।
मेला
नमोबुद्धमा कात्तिक पूर्णिमाबाहेक चैते पूर्णिमा र साउनको प्रत्येक बुधबार ठूलो मेला लाग्छ । भगवान गौतमबुद्धको पहिलो जन्मस्थलका रूपमा समेत लिइने नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । दर्शनार्थीले मेलामा लाखौं-लाख दीप प्रज्ज्वलित गर्दछन् । एक पटक पाइला टेकेमात्र जुगौं-जुगको पाप अन्त्य भएर जाने र आफूले चिताएको मनोकांक्षा पूरा हुनेजस्ता धार्मिक विश्वासको थलोका रूपमा रहेको नमोबुद्धमा विशेष गरी नेवार जातीले रातभर आफ्ना पुर्खाको सम्झनामा पूर्णिमाका दिन दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्छन् भने त्यसको भोलिपल्ट दिन-रातभर लामा जातिका धर्मावलम्बीले बुद्धको पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्छन् । यो मेला पूर्णिमाको भोलिपल्ट बिहान समापन हुन्छ। मेलामा काभ्रेका मात्र नभई बारा, पर्सा, रौतहट, मकावानपुरलगायतका ७५ जिल्लाका साथै भारत, जापान, चीन, अमेरिका, बेलायत, सिंगापुरलगायतका विदेशी राष्ट्रका बौद्ध धर्मावलम्बीहरू आउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






