महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर(GSMHRC) र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर( GSMHRC) का अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर( GSMHRC)मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर( GSMHRC) ले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर(GSMHRC) मा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर( GSMHRC) का व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





