काठमाडौं । एनएमबी बैंकको एटीएम फुटाउने प्रयास गरेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पोखरास्थित वडा नं ८ मा रहेको एनएमबी बैंकको एटीएम फुटाउने प्रयास गरेको आरोपमा २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।
माछापुच्छ्रे गाउँपालिका घर भएका पौडेल हाल पोखरा १७ विरौटा बस्दै आएका छन् । प्रहरीका अनुसार बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्नका लागि हातले मुक्का हानेका थिए । सोहि क्रममा एटीएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो । पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






