कैलाली । गौशालाको स्तरोन्नतिका लागि यहाँ आयोजना गरिएको महायज्ञबाट रु नौ लाख ६७ हजार आम्दानी भएको छ । गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ । महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई रु नौ लाख ६७ हजार बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।
महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा रु १२ लाख एक हजार दानबाट, रु चार लाख ४५ हजार कलश बिक्रीबाट, रु एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी राससलाई दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।
“गाईका लागि आहाराको अभाव छ, चिसो मौसममा छाना छैन, हाल तीन सय वस्तुभाउ मात्र अट्ने गोठ छन्, तत्काल गोठ निर्माण गर्नुपर्नेछ”, सामुदायिक चौपाया व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बिसीले भने, “पशुका लागि आहारा, औषधि जुटाउन सहयोग पुग्नेछ ।”
हाल गौशालामा सात सय बढी गाई छन् । विगतमा टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको पशुचौपाया गत जेठदेखि स्थानीय युवाले संरक्षण थालेका हुन् । विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका हुन् ।
गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान–बेलुका दुई–दुई घण्टा ५५ घरलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ । गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालीन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् । युवाले गाईको गोबर मल बिक्री गर्ने, गोबरबाटै दियो, धुपबत्ती, विभिन्न मूर्ति निर्माण गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







