काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१८ ई गाँउस्थित सडकमा से.५ प ४७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय पुष्प बहादुर कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-६ सुडामा से.१ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने बैतडी दोगडा केदार गाउँपालिका घर भएका असोक चन्दको छोरा ६ वर्षीय लव चन्दको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







