काठमाडौं । नेपालको पहिलो नृत्य निर्देशक हारुको अवार्ड ‘फर्स्ट एनडीए डान्स डाइरेक्टर अवार्ड–२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डायनामिक आर्ट्स (एनडीए) प्रालिले २४ औं विधामा पुरस्कार वितरण समारोहको आयोजना गरेको हो ।
नेपालका प्रथम नृत्य निर्देशक तथा नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौंको राष्ट्रिय नृत्य हल जमलमामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
प्रतिष्ठानका निर्देशक छिरिङ लमालेले स्वागत मन्तव्य दिवंगत नृत्य निर्देशक हारुप्रतिको मौन मन्तव्यबाट सुरु गरेका थिए । कार्यक्रममा डान्सर आशिका श्रेष्ठलाई नेपाली शास्त्रीय चर्याकुमारी नृत्यले स्वागत गरिएको थियो । प्रमुख अतिथिलाई सम्बोधन गर्दै नेपालका प्रथम नृत्य निर्देशक तथा नृत्य सम्राट भैरवबहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकलाई प्रोत्साहन गर्न आयोजना गरिएको अवार्ड कार्यक्रम शुरु भएकोमा खुशी व्यक्त गरे । पुरस्कार प्राप्त गर्नेलाई बधाई तथा शुभकामना दिँदै उनले प्रदेशमा गर्नुपर्ने काम र नृत्य निर्देशकलाई प्रदेशमा उचित स्थान दिने बताए ।
संस्थाका प्रबन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकलाई सम्मान गर्ने यो अवार्ड विश्वमै पहिलो भएको बताए । कार्यक्रममा नेपाल नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठ, नेपाल नृत्य निर्देशक संघका उपाध्यक्ष शम्भु शाही, सिन्धुपाल्चोक जिल्ला समन्वय अध्यक्ष कृष्णगोपाल तामाङलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एनडी डान्स स्टुडियो र ड्रिम्स एण्ड डान्सका कलाकार तथा गायक मदनकुमार थापालेको सांगीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई नृत्य निर्देशक नरेन्द्र कोइराला, राम प्यासी, दीपेन्द्र शाही ठकुरी, सञ्जय राजोपाध्याय, रमेश बुढाथोकीहरुलाइ एनडीए टिमका सचिव प्रकाश शर्मा र आर्थिक प्रमुख चुडामणि फुयल्ले मायाको चिनोले सम्मान गरेका थिए । अवार्डको मनोनयनका लागि निर्णायकमा तिम्मा शम्भु शाही, गोविन्द प्रभात र कृष्ण रसाल थिए भने फाइनलमा भुवनदास श्रेष्ठ, कमल राई, डा.आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र केसी, आर प्रदीप रमण सिंह डंगोल थिए । कार्यक्रमको संचालन सञ्चारकर्मी कुल तामाङले गरेका थिए । कार्यक्रममा पत्रकार, कलाकार, समाजसेवी तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
के–कसले कुन कुन विधामा अवार्ड पाए ?
उत्कृष्ट तामाङ जातिको लोकनृत्य निर्देशक (जुरी) अवार्ड–निरु फुयाँल, उत्कृष्ट थकाली नृत्य निर्देशक–सोनु लामा, उत्कृष्ट राई जातिको लोकनृत्य निर्देशक–नविना केसी, उत्कृष्ट हुड्केली नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड–मानु लिम्बु, उत्कृष्ट झिजिया नृत्य निर्देशक–ए. नारायणी थापामगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशकको अवार्ड–निर्जला राई, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड–व्यक्ति गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक–दिलबहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक–रोबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक–सीता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक – ममता राई, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड – आकृति गुरुङ, उत्कृष्ट छलिया नृत्य निर्देशक पुरस्कार – सृजनमाया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड – नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातिको नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड–किसनबहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड–अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक–सरस्वती पोखरेल, उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड–मन्दिर न्यौपाने, उत्कृष्ट निर्देशक–अस्मिता अवार्ड–अस्मिता पराजुली । पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशकको अवार्ड हिरा तामाङ, उत्कृष्ट नृत्य निर्देशक पब्लिक च्वाइस अवार्ड मनाङ गुरुङ, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड दिवास गिरी, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड युवराज गुरुङले पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







