काठमाडौँ । प्रहरीले काठमाडौँबाट फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा थप दुई जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सो ट्राभल्समा काम गर्दै आएका पदम मनोजको सालो हुन् ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकले प्रहरीलाई बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयान दिएको अनुसन्धानको स्रोतले बताएको छ ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । निमा छिरिङ ट्राभल्सको सम्पर्कमा आएका ३ सय जनालाई खड्काले ‘सेटिङ’मा विदेश जान अनुमति दिएका हुन् । भिजिट भिसामा विदेश पठाएबापत आउने कमिशन खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी सञ्चालित होटल बाल्टिक इनमा गएर लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मङ्सिर २६ मा होटलबाट पदम लामासँग दुई लाख बुझेर निस्केपछि उनी पक्राउ परेका हुन् ।
भिजिट भिसा प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले वायुसेवा निगमका ३ जना अधिकृत र ७ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेको सङ्ख्या ३४ जना पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







