काठमाडौं । मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्नेहरु भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भन्दै खड्काका परिवारबाट पटक(पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
उनीहरू उपर आपराधिक विश्वाशघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







