काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको छ ।
युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनायो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन ।
नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिए । उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए । भारतल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता

ट्रेन्डिङ
खबरमुकाम







