काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने र नागरिकमा डर–त्रास फैलाउने खालका गतिविधि देखिनु अत्यन्तै दुःखद भएको बताएका छन् ।
सामाजिक एकतामा खलल पुग्ने गरी उत्तेजक अभिव्यक्ति दिने, अफवाह फैलाउने वा कानुन हातमा लिने कार्य कसैको हितमा नहुने स्पष्ट पार्दै उनले यस्ता गतिविधिले समाजमा अविश्वास, तनाव र विभाजन मात्रै निम्त्याउने उल्लेख गरेका छन् ।
आईजीपी कार्कीका मुख्य भनाइहरूः
अफवाह र उत्तेजनाको साटो विवेक र संयमस् संवेदनशील परिस्थितिमा अफवाह र घृणास्पद अभिव्यक्तिभन्दा विवेक, संयमता र सद्भावको बाटो रोज्न प्रहरी नेतृत्वले आग्रह गरेको छ ।
साझा दायित्व र सम्मानस् एकअर्काको आस्था, अधिकार र मर्यादाको सम्मान गर्नु हरेक नागरिकको साझा जिम्मेवारी भएको कार्कीको भनाइ छ ।
एउटै भावना, एउटै देशः ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर हाम्रो मुलुक एउटै हो र भावना पनि एउटै छ’ आईजीपी कार्कीले भने ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आह्वान
महानिरीक्षक कार्कीले यस संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरूलाई आपसमा संयम, सहिष्णुता र भाइचारा कायम राख्न अपिल गरेका छन् । एकअर्काको संस्कृति र आस्थाप्रति सम्मान व्यक्त गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन उनले सबै पक्षसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






