काठमाडौं । कास्की, पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित सडकमा बीएए ००४१ नम्बरको कारले ग.१३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको आइतबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही महानगरपालिका–२५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र सोही महानगरपालिका–५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी अनिशाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र भावनाको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङ, बुढिगंगा गाउँपालिका–५ बुढिखोला पुलस्थित सडकमा को.२६ प ७६३४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालका–२ बस्ने २५ वर्षीय अजय चौधरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ । नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीस्थित सडकमा लु.४ त ५५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटा, पाख्रीवास नगरपालिका(५ पन्चेभिरस्थित सडकमा प्रदेश १–०२–००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक तेह्रथुम छथर गाउँपालिका–१ बस्ने २८ वर्षीय दुर्गा बहादुर विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको धरान घोपामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







