काठमाडौं । देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको देउडा आइडलको टिमले तीन पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार आउजीको नेतृत्वमा आइतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट तथा छलफल गरेका हुन् ।

भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने,“म यो खबरले अत्यन्तै हर्षित भए, संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत सङ्गीत मन पराउने भएकाले देउडा आइडल भित्र हाम्रो संस्कृति झल्काउने खालको प्रस्तुतिसँगै, प्रदर्शन पनि गरिनु पर्ने सुझाव दिन्छु । मेरो सुभेक्षा र साथ सहयोग पूर्ण रूपमा रहनेछ यहाँहरूलाई शुभकामना छ ।” उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि वि.सं. २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए । उनी वि.सं. २०४०, वि.सं. २०४६, वि.सं.२०५३ र वि.सं. २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।
यस्तै, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि देउडा आइडल आयोजना प्रति खुसी व्यक्त गरेका छन् । आइतबार आइडल टिम सँगको भेटमा उनले भने, “म पश्चिमको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्दै गर्दा आफ्नो संस्कृति जोगाउन र पश्चिमको पहिचान स्थापित गर्न मैले खेल्नु पर्ने भूमिकामा कुनै कसुर बाँकी राख्दिन । यो देउडा आइडल पश्चिमको लागि मात्र नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका लागि कोसे ढुङ्गा सावित हुनेछ ।” उनले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको पनि यसमा चासो र चिन्ता हुनु पर्नेमा जोड दिए । देउडा आइडल सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत उनको अपिल छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गीत सङ्गीतले कुनै भूगोल र सिमाना नछेक्ने बताएका छन् । आइतबार देउडा आइडलको टिम सँग भेटघाट तथा छलफलका क्रममा उनले आफ्नो गाउँ समाजमा कला प्रतिभा भएका व्यक्ति र लोप हुनै लागेका संस्कृतिहरू जोगाउन तथा बचाउन हाम्रो दायित्व भएको भन्दै, कुनै धर्म, जातजाति , रहनसहनले नभई कला प्रतिभा भएका व्यक्तिहरूले सही स्थान पाउनु पर्ने बताए । उनले भने, “सुदूरपश्चिम र कर्णाली प्रदेश भित्र विभिन्न जातजातिका थरी थरीका संस्कृति छन् । म आफूलाई पनि देउडा गीत मन पर्छ, कलाकार र स्रष्टा मन पराउँछु, तपाइहरूलाई शुभकामना छ यो कदम प्रति उच्च सम्मान छ ।”
देउडा सांस्कृतिक मञ्च नेपालले यस अघि सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमंत्रीद्धय कमल बहादुर शाह र राजकुमार शर्मा तथा अन्य दुवै प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू सँग पहिलो चरणको छलफल तथा भेटघाट सम्पन्न गरेको छ । देउडा आइडल सभ्य र भव्य रूपमा सम्पन्न गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुट्टा छुट्टै प्रदेश समिति र प्रत्येक जिल्लाहरूमा जिल्ला संयोजक तोकेर काम अगाडि बढी रहेको मञ्चका अध्यक्ष आउजीले जानकारी दिएका छन् । अब छिट्टै दोस्रो पटक पत्रकार सम्मेलन गरी आगामी योजना जानकारी गराइने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा विपक्षी दलहरु
- त्रिविका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा
- मनोहरा नदीको ११५ रोपनी जग्गा व्यवस्थापनमा डंगोलको परामर्श
- एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई ट्यांकी र पम्प प्रदान
- फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
- काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
- दुर्गम क्षेत्रम नेपाल टेलिकमको भीस्याट र अन्य प्रविधिमार्फत सेवा
- मीनप्रकाश ओलीको राष्ट्रभक्तिमा समर्पित ‘के भयो भयो जगतमा’


ट्रेन्डिङ
खबरमुकाम







